काठमाडौं ।
केही दिनदेखि जारी बदली, वर्षा र हिमपातको शृंखलामा आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको थियो ।
शनिबार राति नै पानी पार्ने यो प्रणाली बाहिरी सकेकाले आजबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखा गरेको छ ।
२५ फाल्गुन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया