९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कनकमुनीलाई लगातार दोश्रो पटक नगर स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकामा सम्पन्न दोश्रो राष्ट्रपति रनिङ शील्ड कनकमुनी माविले जितेको छ । गत बर्ष पनि सो बिद्यालयले शील्ड जितेको थियो । बिद्यालयले २३ स्वर्ण र ३ रजत सहीत कुल २६ पदक हासिल गर्यो । ट्रयाक र एथलेटिक्समा कनकमुनीले अधिपत्य जमाएको छ । जितसंगै कनकमुनीले शील्ड सहीत नगद १० हजार पाएको छ ।
यस्तै स्वर्ण ३, रजत ३ र कास्य ५ गरी कुल ११ पदक सहीत बुद्धपद्म मावि दोश्रो र स्वर्ण २, रजत २ र कास्य ४ गरी कुल ८ पदक सहीत रत्नराज्य मावि तेश्रो भएको छ । दोश्रोलाई ६ हजार र तेश्रोलाई ४ हजार नगद प्रदान गरिएको थियो ।
छात्र तर्फको भलिवल नगरपालिका– ७ धरमपनिया स्थित प्रस्तावित राष्ट्रिय जनहीत माविले बुद्धपद्म माविलाई हराउदै जितेको छ । यस्तै छात्रा तर्फको भलिबल यशोधरा माविलाई हराउँदै बुद्धपद्म माविले जितेको छ ।
त्यस्तै छात्र तर्फको कबड्डी बद्धपद्म माविले रत्नराज्य माविलाई हराउँदै जितेको छ । यस्तै छात्रा तर्फको कबड्डीमा रत्न राज्य मावि प्रथम र कनकमुनी मावि द्धितीय भएको थियो । बिजयी बिद्यालय र खेलाडीलाई कांगे्रस नेता सुधाकर पाण्डेयले शील्ड, नगद, प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले यस्ता खेलहरुले खेलाडीको मनोबल बढ्ने बताए । उनले खेलकुद क्षेत्रलाई पनि तिनै तहका सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए ।
सो अवसरमा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले नगरपालिकाले खेलकुदलाई प्राथमिकतमा राखेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले बिभिन्न खेलकुद प्रतियागीता जारी राख्ने बताए । लगातार दोश्रो पटक आफ्नो बिद्यालयले शील्ड जितेकोमा कनकमुनी माविका प्राचार्य अफाक अहमद खाँले खुशी व्यक्त गर्दै खेलाडीलाई बधाई दिए ।
प्रकाश गैरेको अध्यक्षता र नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा सल्लाहकार कनकमान श्रेठ, नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर वाग्ले, २ का अध्यक्ष रामभजन कलवार, ११ का अध्यक्ष रामगोपाल यादव लगायतले मन्तब्य दिएका थिए । प्रतियोगीता ३४ दिन सम्म चलेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ८ : ३८ बजे