नवराज पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चाकोको भेला बसेको छ । राष्ट्रिय जनमोर्चाको संगठननात्मक अभियान अन्र्तगत शनिबार खरेन्द्रपुरमा भेला बसेको हो । भेलाले राम देव कुर्मीको अध्यक्षतामा १५ सदस्यिय खरेन्द्रपुर टोल समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मान बहादुर वि.क, सचिव विनिता अदै, कोषाध्यक्ष नरमान अदै, सदस्यहरु ओम बहादुर खड्का, घम बहादुर थापा, धर्वेन्द्र नाउ, राम बहादुर अदै, हिरामती भण्डारी, हरिकला खड्का, दिपा अदै, कमला अदै, विमला खनाल चयन हुनुभएको छ । यस्तै सल्हाकारमा तुल बहादुर अदै, नन्दराज भण्डारी, रमेश पुन र दरबारी थारुलाई चयन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य तथा अन्टुकका केन्द्रिय सदस्य केयर सिंह अदैले २ बर्ष अघि चुनाव चिन्ह गिलासमा हालेको मत खेर नगएको बताउदै यसले देशमा राष्ट्रियताको जागरण ल्याई जातीय राज्य हुनबाट बचाएको बताउनु भएको छ ।
संघीयताको विरुद्धमा आम जनता माझमा सचेतना फैलाएकोले पार्टीलाई जनताले समेत उच्च मुल्याङ्कन गरेको बताउनुभयो । कार्यक्रममा मुल प्रवाह अखिल भारत एकता समाजका केन्द्रिय सदस्य नारायण शर्मा र पार्टीका जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले सम्बोधन गर्दै नव निर्वाचित सम्पुर्ण सदस्यहरुलाई बधाई तथा शुभकामना व्याक्त गर्नु भएको थियो ।
शनिबार मात्र खरेन्द्रपुरमा १४२ जना नयाँ सदस्यलाई सदस्यता वितरण गरिएको पार्टीले जनाएको छ ।
२४ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया