ललितपुर ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउन नसके कम्युनिस्ट आन्दोलन पछाडि पर्ने बताउनुभएको छ।
प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीले ललितपुरमा शबिबार गरेको सपथ ग्रहण कार्यक्रममा प्रवक्ता श्रेष्ठले जुनसुकै हालतमा पनि वर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताउनुभएको हो ।
सरकारको लक्ष्य राष्ट्रिय स्वाधिनताको रक्षा गर्दैै सामाजिक, आर्थिक रुपान्तरणको प्रकृयालाई अगाडि बढाएर सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउनु रहेको श्रेष्ठले बताउनुभयो ।नेकपा सचिवालय सदस्य समेत रहनुभएका श्रेष्ठले समाजवादको आधार तयार पर्न नसके नेपालको कम्युनिस्ट आन्दोलन पछि धकेलिने मात्रै नभएर पार्टीलाई समेत ठूलो क्षति पुग्ने बताउनुभयो ।
नेकपा बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुरानै सोचबाट अगाडि बढ्न खोजे परिवर्तनलाई आत्मसात गर्न नसकिने बताउनुभयो । निरङ्कुशता र सामन्तवाद अन्त्य गरेर समाजवाद स्थापना गरी अगाडि बढिरहँदा व्यवहार, सोच र चिन्तन परिवर्तन गर्न नसके लक्ष्यमा पुग्न नसकिने शाक्यको भनाइ छ ।
प्रतिक्रिया