९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ



काठमाडौं ।
परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई महानगरीय प्रहरी वृत बानेश्वरले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई शनिबार बिहान घरबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य्विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताए। १२ वर्षदेखि सामाजिक शिक्षा पढाउँदै आएकी शिक्षिका कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् ।
उनले कम अंक प्राप्त गर्ने ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी हुन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का हुन्। यता विद्यालयले भक्तपुर घर भएकी शिक्षिका कर्माचार्यलाई अवकास दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ५ : ५० बजे