९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधामन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
यही फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले प्रत्यारोपणको आज चौथो दिन साधा खाना खान थालेको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओली सामान्य हिँडडुल गर्न थालेका छन् भने ‘फिजियो थेरापी’लाई निरन्तरता दिइएको छ । यस्तै उनका ‘भाइटल’ र ‘ल्याब’ सूचाकांकहरु सामान्य रहेका छन्। उनलाई मिर्गौला प्रदान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार आएको बताइएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ५ : ३४ बजे