बाग्लुङ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेकपाका बाग्लुङ नगरका इन्चार्ज काशीनाथ पौडेल ‘मुरारी’ले शुक्रबार जिल्ला प्रशासन कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् ।
बाग्लुङ नगरपालिका–४ घर भई लामो समयदेखि विप्लव नेतृत्वको संगठनमा आबद्ध रहेका पौडेलले आफूले सो समूह परित्याग गरेको घोषणासहित प्रशासनमा आत्मसमर्पण गरेका हुन् ।
५३ वर्षीय पौडेलले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि र पत्रकारको रोहबरमा आत्मसमर्पण गरेका हुन् । विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानुनी क्रियाकलापमा लागेको भन्दै प्रहरीले उनलाई १ फागुनमा उनकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई २३ दिनसम्म हिरासतमा राखिएको थियो । पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आफू आगामी दिनमा स्वतन्त्र नागिरकको हैसियतले जीवनयापन गर्ने तथा कृषि पेसामा संलग्न रहने प्रतिबद्धता जनाएका छन् ।
२४ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया