एजेन्सी ।
फ्रेन्च क्लब मोनाकोका विङ्गर गेल्सन मार्टिन्सले रातो कार्डा पाए र उनीमाथि ६ महिनाको प्रतिबन्ध लागेको छ । रेफ्री तथा खेल पदाधिकारीलाई धक्का दिएका मार्टिन्समाथि प्रतिबन्ध लागेको हो ।
मार्टिन्सले गएको महिना फ्रेन्च लिग वान फुटबल अन्तर्गत निमेससँगको खेलको खेलको क्रममा रेफ्रीलाई धक्का दिएका थिए । फेब्रुअरी १ मा भएको खेलमा मोनाको पराजित भएको थियो । २४ वर्षका मार्टिन्सले रेफ्री मिकेल लुसाजलाई धक्का दिएका हुन् ।
प्रतिक्रिया