एजेन्सी ।
श्रीलंकाविरुद्धको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले सात विकेटको जित निकालेको छ । जितसँगै वेस्ट इन्डिजले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भयो ।
पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो । उसका लागि दासन शनकाले सर्वा्धिक ३१ रन बनाए । यस्तै एञ्जेलो म्याथ्युजले २३ तथा थिसारा परेराले २१ रन बनाए ।
जवाफमा वेस्ट इन्डिजले १७ ओभरमा तीन विकेट गुमाउँदै एक सय ५८ रन बनायो । उसको जितमा शिमरोन हेतमायर र ब्रान्डोन किङले समान ४३–४३ रन बनाए । यस्तै एन्ड्रयु रसलले ४० तथा रोभमन पावेलले १७ रन बनाए । यसअघि पहिलो टी २० खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो ।
२४ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया