९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

“मानवको जीवनस्तरमा सुधार ल्याउन जीवनोपयोगी सीप आवश्यक”- वडाध्यक्ष जिसी



मायादेवी अनलाइन, चन्द्रौटा ।
मानवको जीवनस्तर उकास्न जीवनोपयोगी सीप आवश्यक रहेको शिवराज नगरपालिका वडा नं. १ का अध्यक्ष जगतबहादुर जि.सी.ले बताएका छन् ।
किशोर किशोरी संबादकेन्द्रको उद्घाटन गर्दै वडाध्यक्ष जि.सी.ले प्रविधियुक्त सीप र संस्कारले नै मानव जीवनमा परिवर्तन आउने उल्लेख गरेका हुन् । साना बालबालिकालाई सत्मार्गमा लगाउन अमूल्य योगदान पु¥याएको भन्दै किर्डाक नेपालप्रति आभार प्रकट गर्दै वडाध्यक्ष जिसीले कार्यक्रमलाई ५ होइन १५ वर्षसम्म लम्ब्याउन आग्रह गरे । किर्डाक नेपालको कार्यक्रमले आफू निकै प्रभावित भएको भन्दै समाजको मुहार फेर्न अझ कसरत गर्नुपर्नेमा जोड दिए । नगरपालिकालाई प्लाष्टिक मुक्त बनाउने अभियान चलिरहेको बेला आफ्नो वडाको सुकुम्बासी बस्ती बनकसबासाका बासिन्दालाई दुना, टपरी बनाउने सीप दिई व्यवसायिक बनाउने अभियानमा आफू जुटेको जिसीले उद्घोष गरे ।
कार्यक्रमका विशिष्ट अतिथि किर्डा नेपालका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले छरिएर रहेका मन, भावना, समूह संगठनलाई संगठित बनाउन कार्यक्रम अघि सारेको बताए । शिक्षाबाट बन्चित किशोर किशोरीलाई स्कूलमा नियमित पु¥याउने आफ्नो कार्यक्रमको लक्ष्य रहेको उद्घोष गरे । बालबालिकाले आफ्नो भविष्य आफैं पहिल्याउन, समाजमा रहेका कुरीति, कुसंस्कार हटाउन पैरबी गरी समाज रुपान्तरणमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार गत वर्षका २४ र यसवर्ष थप १९ गरी कूल ४३ किशोर किशोरी संबाद केन्द्र संचालन हुने जानकारी दिए ।
कार्यक्रममा सरस्वती किशोरी सम्बाद केन्द्रकी अध्यक्ष शान्ति जिसीले आफ्नो गाउँ टोलमा शुरुवात भएको संबाद केन्द्रलाई नमूना बनाउने प्रतिबद्धता जाहेर गरिन् । कार्यक्रममा श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रशुराम गिरी, जलजला किशोरी संबाद केन्द्र नवडिहवाकी अध्यक्ष टीका बुढाथोकी लगायत शुभकामना दिएका थिए । किर्डाक नेपाल स्ट्रोम फाउण्डेसनद्वारा संचालित दिगो तथा मर्यादित सामाजिक, आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत सरस्वती संबाद केन्द्र, नवदुर्गा किशोरी संबाद केन्द्र र गौतमबुद्ध किशोर संबाद केन्द्र एकैसाथ उद्घाटन भएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : ४० बजे