९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विनायक सहकारीले दियो भारती परिवारलाई राहत स्वरुप तीस हजार



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा ४ ठाकुरापुरमा अवस्थित श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वर्गीय कमला भारतीको परिवारलाई नगद तीस हजार हस्तान्तरण गरेको छ । शेयर सदस्यको निधन पश्चात राहत स्वरुप सहकारीले शुक्रबार भारतीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
भारतीको गत फाल्गुण १७ गते अल्पायुमै निधन भएको थियो । निधनको शुक्रबार सातौं तिथिको अबसर पारेर राहत स्वरुप उक्त रकम दिएको सहकारीका अध्यक्ष राम प्रसाद गैरेले जानकारी दिनुभयो ।
सहकारीको मर्म नै सुख दुःखमा सहकार्य गर्ने भएको भन्दै यस दुखद घडिमा संस्थाको साधारण सभाको निर्णय अनुसार केही राहत स्वरुप नगद तीस हजार दिएको सहकारीका सचिब खिमानन्द पौडेल ‘कपिल’ले बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहकारीका सञ्चालक तथा केही शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
सहकारीले यस दुखको बेला घरमै आएर सहयोग गर्दा आफु निकै प्रभावित भएको र आगामी दिनमा अझ राम्रो सहकार्य गरी अगाडी बढ्ने मृतक भारतीका श्रीमान तुमलाल भारतीले बताउनुभयो ।
सहकारीले शेयर सदस्यहरुको दुर्घटना बिमा वापत दुई लाख पनि दिदै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : २५ बजे