काठमाडौं ।
आयरल्याण्ड्विरुद्धको पहिलो टी २० खेलमा अफगानिस्तान डकवर्थ एण्ड लुइसको नियमका आधारमा ११ रनले विजयी भएको छ ।
भारतको ग्रेटर नोयडामा भएको खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो ।
उसका लागि पल स्टर्लिङ्ले ६० तथा केभिन ओब्राइनले ३५ रन बनाए । बलिङमा अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । जवाफमा अफगानिस्तानको स्कोर १५ ओभरमा ५ विकेट गुमाउँदै एक सय ३३ रन हुँदा भारी वर्षा भएका कारण खेल रोकिन पुग्यो ।
वर्षा रोकिएपछि सुरु भएको खेलमा अफगानिस्तानले १५ ओभरमा एक सय २३ रनको नयाँ लक्ष्य पायो जुन उसले पूरा गरिसकेको थियो । जितसँगै अफगानिस्तानले तीन खेलको टी २० सिरीजमा एक शून्यको अग्रता बनाएको छ ।
प्रतिक्रिया