९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको भलवाडमा युवा क्लव गठन



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ मा वडा स्तरीय युवा क्लव सञ्चालन कार्यसमिति गठन गरिएको छ । शुक्रबार भलवाडमा बसेको एक भेलाले आगामी २ वर्षका लागि कुसुम दर्लामीको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा खुला सदस्य इन्दिरा गुरुङ्ग, सचिवमा खुला सदस्य शर्मिला बेल्वासे, कोषाध्यक्षमा मेधावी विद्यार्थी सागर बोटी, सदस्यहरुमा क्रमशः द्धन्द्ध प्रभावितबाट अस्मिता थारु, स्थानीय उद्यमीबाट शेषकान्त भट्टराई, सामुदायिक संस्थाबाट पुष्पा अधिकारी, जनजातिबाट भावना थारु, युवा पत्रकारबाट नरेश चौधरी, स्थानीय खेलाडीबाट शुसान ओली, सहकारी संस्थाबाट प्रकाश गुरुङ्ग, मेधावी विद्यार्थी कोपिला थारु, खुलाबाट सिर्जना बुढा, अनिशा गिरी, प्रदिप पुन मगर रहेका छन् ।
वडा स्तरीय युवा क्लव कार्य समितिलाई वडा अध्यक्ष ध्रुव बेल्वासेले नव निर्वाचित युवा क्लव सञ्चालन कार्य समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै आगामी दिनको लागि सफलताको शुभकामना दिनु भएको थियो । वडाले गर्ने हरेक क्रियाकलापमा सहभागी भई वडालाई नमूना वडा निर्माणमा सबैको सहकार्य हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । कार्यक्रमको सहजिकरण बाबुराम रायमाझीले गर्नुभएको थियो ।
स्थानीय तहमा सञ्चालन हुने सरसफाई, वातावरण संरक्षण, बालअधिकार, मानव अधिकार, महिला अधिकार, शैक्षिक कार्यक्रम, सामाजिक अन्धविश्वास कुरीति विरुद्धमा सचेतना अभियानमा सहयोग तथा भूमिका निर्वाह गर्नका लागि सम्वन्धित वडा भित्रका १६ देखि २४ वर्ष उमेर समूहका विभिन्न क्षेत्रका युवाहरु यो क्लवमा साधारण सदस्य रहने प्रावधान छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : ३७ बजे