मायादेवी अनलाइन, बुद्धभूमि ।
प्रगतिशिल पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको पाचौं बैठकले संघको तेस्रो जिल्ला सम्मेलनको मिति तय गरेको छ । आगामी बैशाख २६ र २७ गते जिल्ला सम्मेलन गर्ने गरी संघले शुक्रबार गोरुसिंगेमा बैठक बसी मिति तोकेको हो ।
सम्मेलनका लागि संघले विभिन्न जिम्मेवारी समेत बिभाजन गरेको छ । जसमा आर्थिक ब्यबस्थापन संयोजकमा माधव भाट क्षेत्री, सदस्यहरुमा चन्द्रकान्त न्यौपाने र नारायण भट्टराई रहनु भएको छ ।
कार्यक्रम ब्यबस्थापनमा संयोजक मोहन बेल्वासे, सदस्यहरुमा शारदा के.सी, नवराज पौडेल र चन्द्रकान्त न्यौपाने रहनु भएको छ ।
समन्वयन तथा पत्रचार समितिको संयोजक शशि सापकोटा, सदस्यहरुमा हिमलाल वाग्ले र शितल आचार्य रहनु भएको छ ।
अतिथि सत्कार तथा स्थल व्यवस्थापन संयोजक केयर सिंह अदै, सदस्यहरुमा नारायण पाण्डे र सृजना खनाल रहनु भएको छ ।
साथै बैठकले संगठनका जिल्ला सदस्य संतोष उपाध्याय जिल्ला बाहिर रहनु भएकोले उहाँहालाई जिम्मेवारीबाट मुक्त गराई त्यो स्थानमा नवराज पौडेललाई मनोनयन गरेको छ ।
प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले बढी भन्दा बढी नयाँ सदस्यता बितरण गर्ने समेत निर्णय गरेको छ । बैठकले प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सह–सचिव सारदा के.सी. मेरो साथी एफ.एमको स्टेशन म्यानेजर पदमा नियुक्त हुनु भएकोमा शाखा अध्यक्ष क्षेत्रीले खादा ओडाएर वधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
जिल्ला सम्मेलनमा प्रमुख अतिथिका रुपमा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जी.एम.लाई बोलाउने निर्णय गरिएको छ । संघका अध्यक्ष माधव भाट क्षेत्रीको अध्यक्षतामा भएको बैठकको सन्चालन जिल्ला सचिव सित्तल आचार्यले गर्नु भएको थियो ।
२३ फाल्गुन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया