मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा एक बावुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँ सुकुम्बासीबस्तीमा बावुले आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको घटना बाहिरिएको हो ।
आजभन्दा चार दिन पहिला नै छोरी बलात्कार गर्ने बावुलाई इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेपनि शुक्रबार (आज) मात्र उक्त कुरा बाहिर आएको छ । श्रीमानले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाए लगत्तै प्रहरीले बाबुलाई प्रकाउ गरेर अनुसन्धान गरिरहेको छ । तर, शुक्रबार मात्र उक्त घटनाबारे छिमेकीले थाहा पाएपछि दोषिलाई कडा कारबाहीको माग गर्दै अधिकारकर्मी प्रहरी सामु पुगेका छन् ।
पटक–पटक बावुद्धारा बलात्कृत हुँदै आएकी ती बालिकालाई तौलिहवास्थित अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको शरीरमा रगतको मात्रा कमी भएकोले अस्पताल राखिएको बताइएको छ । उनको मेडिकल जाँच गरेर डिएनए परिक्षणका लागि काठमाडौं पठाइएको जनाइएको छ ।
ती पुरुषले दुई बर्ष पहिला देखि नै छोरीलाई बलात्कार गर्दै आएको पीडितले बताएकी छिन् । दिदीलाई बाबुले बलात्कार गरेको ९ बर्षीय कान्छि बहिनीले देखेपछि आमालाई भनेकी थिइन् । त्यसपछि आमा प्रहरी गुहार्दै पिपरा आएको पनि खुलेको छ ।
बलात्कार गरेको कसैलाई थाहा दिए सबैको ज्यान लिने धम्की दिदै उनले छोरीलाई बलात्कार गर्दै आएका थिए । अरु दुई बहिनीले दिदीलाई बावुले बलात्कार गर्ने गरेको देखेपनि डरले कसैलाई भन्न सकेका थिएनन् ।
आरोपित ती पुरुषलाई इलाका प्रहरी कार्यालय पिपराले जिल्ला अदालतबाट एक साताको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । कक्षा ९ मा अध्ययनरत अन्दाजी १६ बर्षीय ती बालिकालाई न्याय दिनका लागि नगरस्तरका अधिकारकर्मीले प्रशासनलाई दबाब दिएका छन् ।
वडा नं. ८ की वडा सदस्य पूर्णकला सुनारले पीडित बालिकाको न्यायका लागि आफुहरु लागिरहेको बताउनुभयो । छोरी बलात्कार गर्ने बाबुलाई हदैसम्मको कारबाही माग आफुहरुले गरेको उहाँले बताउनुभयो ।
२३ फाल्गुन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया