काठमाडौं ।
बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारबाट हिँडडुल गर्न थालेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल विज्ञप्ति निकालेर प्रधानमन्त्री ओली सामान्य हिँडडुल गर्न थालेका जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन आज स्वाथ्यमा क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडुल गराउने र ठोस आहार दिन थालिएको छ ।’ ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया