काठमाडौं ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र रुपमा सुधार भइरहेको र छिटै नियमित काममा फर्किने सन्देश पठाएका छन् ।
ओलीले आफ्नो सचिवालयका सदस्यमार्फत् यस्तो सन्देश दिएका हुन् । प्रधानमन्त्री ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच शुक्रबार बिहान छोटो भेट भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी दिएका छन् ।
‘सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु भन्नुभयो,’ प्रम ओलीको भनाइ उद्धृत गर्दै रिमालले ट्विट गरेका छन् ।
ओलीको मिर्गौैला प्रत्यारोपण अस्ति बुधबार गरिएको हो ।
प्रतिक्रिया