काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले यस्तो माग गरेकी हुन् ।
‘जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भनेर सर्कुलर गरेको परिपत्रहरू हामी पढ्न पायौँ,’ उनले भनिन्, ‘एकातिर जिल्ला प्रशासनले सर्कुलर गरेको छ भने अर्कोतिर हाम्रा लाखौँ बालबालिकाहरू स्कुल जानलाई बाध्य भइराखेका छन् ।
चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्कोतर्फ सूचना आइरहेको छ । सभामुखज्यूमार्फत सरकारलाई तत्कालै स्कुलहरू पनि बन्द गर्ने निर्देशन दिन आग्रह गर्दछु ।’ कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले पनि विद्यालय बन्द गरेर नाका खुल्ला गर्न नहुने भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले ट्वीटमा लेखेका छन् । ‘कोरोनाको खतरा बढ्दा बिधालय बन्द गर्नुपर्दछ नै, तर खतरा भित्रीन सक्ने तराईका नाका पुरै खुला राखेर बिधालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ?
सीमा नाकामा स्वास्थ्य परिक्षण नै नगरि प्रवेश जारी रहेको भन्दै चिन्ता व्यक्ति पनि गरेका छन् । ‘सीमा नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन जारी छ ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले ?
प्रतिक्रिया