काठमाडौं ।
नेकपा सांसद नवराज शिलवालले प्रधानमन्त्री केपी शर्मा ओली र अफ्रिकी नेता नेल्सन मन्डेलामा समानता रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै शिलवालले अस्वेत नेता नेल्सन मन्डेलाले पनि राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएको र प्रधानमन्त्री ओलीले पनि लामो समय जेल जीवन बिताएकाले यी दुवै नेतामा समानता रहेको उल्लेख गरे ।
‘संसारको राजनीतिमा हेर्दा नेल्सन मन्डेलाको लाइनमा उहाँ हुनुहुन्छ । मन्डेलाले पनि लामो समय जेल जीवन भोगेका र नेपालमा प्रधानमन्त्रीज्यूले पनि लामो समय जल जीवन बिताउनु भएको छ,’ शिलवालले भने ।
उनले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको घटनाले नेपालको औषधी विज्ञानको भरोसा र प्रतिष्ठालाई अन्तर्राष्ट्रिस्तरसम्मै चिनाउन सहयोग गरेको बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकले चाहिरहेको र प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट छिट्टनै फर्किने पनि उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया