रुपन्देही ।
२२ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
आयोजक रुपन्देही फुटबल संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैतमा तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
विश्व ब्यापी फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ ।
तिलोत्तमा गोल्डकप चैत १ गतेबाट गर्ने बताईएको थियो ।
रुपन्देही देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब सहित १० टिमको सहभागिता रहने बताईएको थियो ।
प्रतियोगिताको विजेताले १० लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले ७ लाख ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल अथवा स्कुटर पाउने छन् ।
विधागततर्फका खेलाडीले जनही ३०/३० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया