९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना भाइरसः इटालीमा मर्नेको संख्या १४८ पुग्‍यो



एजेन्सी ।
कोरोना भाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो ।

संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन् ।

इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ । उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ ।

यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको अलजजिराले जनाएको छ । सो मृत्यु बिहीबार भएको हो ।

यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : ३३ बजे