८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आफ्नै घरमा लागेको आगोमा जलेर बालकको मृत्यु



सल्यान ।
आफ्नै घरमा लागेको आगोमा जलेर सल्यानमा एक बालकको मृत्यु भएको छ । शिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ वर्षीय छोरा दुर्गाबहादुरको जलेर मृत्यु भएको हो ।

मंगलबार बेलुका साढे ८ आफ्नै घरको माथिल्लो तलामा जलेको अवस्थामा उनको शव भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

मंगलबार दिउँसो ३ बजे बालक खेल्न भनेर साथीसँग गएका थिए । बेलुका अबेरसम्म छोरा नफर्किएको र परिवारले पनि साथीसँग खेल्न गएको भनेर ढुक्क भएका थिए ।

आगलागीपछि घरमा भएका सबै सामान निकाल्ने क्रममा बालक जलेको अवस्था मृत भेटिएका प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसके पनि मृत बालक भेटिएको ठाउँमा सलाइ भेटिएको थियो ।

प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको बताएको छ । मृतक बालकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  १२ : ४८ बजे