८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आजदेखि गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड बन्द !



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँची जोड्ने मुख्य सडकको रूपमा स्थापित गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड बुधबार (आज) देखि बन्द हुने भएको छ ।
यो सडकखण्डको भुवनपाटा देखि घुम्टीसम्मको साघुँरा घुम्टीहरु फराकिलो गराउने, नाली ढल निकास तथा स्तरउन्नती गराउने योजना अनुसार बुधबार देखि सडक आंशिक बन्द हुने भएको हो ।
बुधबार बिहान ७ बजे देखि १२ बजेसम्म र दिउँसो २ बजे देखि बेलुका ६ बजेसम्म निरन्तर २६ दिन सडक आंसिक रूपमा बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ ।
गत सोमबार बिहान सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको संयोजकत्वमा बसेको यातायात ब्यवसायीसँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय गरेको थियो ।
सडक साघुँरो तथा धेरै घुम्ति भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा फराकिलो गर्न सडक बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनुभयो ।
नरपानी देखि घुम्तिसम्मको सडकखण्ड धेरै साघुँरा घुम्ति एक तर्फी भएका कारण सवारी साधन दुर्घटना हुदा बर्सेनी दर्जनौं नागरिकको मृत्यु हुने गरेको छ । सयौं जना घाईते भएका छन् । धेरैको अङ्ग भङ्ग भएको छ ।
सडक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले साधुरा घुम्ति काट्न सुरू गरिएको बताईएको छ । राती तथा दिउँसो २ घण्टा भने सडक सञ्चालन हुने छ । साना सवारी साधनहरूलाई बैकल्पिक सडक प्रयोग गरि यात्रा गर्न सुझाईएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ११ बजे