१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भोलि विहान ९ बजे



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ ।
त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ४ : ३७ बजे