१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

६ किलो सुनसहित भारतीय नागरिक पक्राउ



हेटौंडा ।
मकवानपुरमा प्रहरीले ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ३ : ५८ बजे