८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्थमन्त्री खतिवडाले दिए राजीनामा



काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएलगत्तै खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको खतिवडा निकट श्रोतले बताएको छ ।
१४ फागुन २०७४ मा उनले अर्थमन्त्रीका रुपमा कार्यभार स्म्हालेका थिए । दुई बर्षे कार्यकाल सकिएपछि राजीनामा दिएपनि प्रधानमन्त्रीले उनलाई पुनः नियुक्ति गर्ने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि उनले मुख्यसचिवमार्फत राजीनामा बुझाएका हुन् । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद खतिवडाको कार्यकाल सकिएपछि उनको स्थानमा नेकपाले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न प्रधानमन्त्रीलाइ अनुरोध गरिसकेको छ ।
तर प्रधानमन्त्री भने पार्टीको सिफारिस कार्यान्वयन हुने समय आउनु अघिनै अस्पताल भर्ना भएका छन् । खतिवडा राष्ट्रिसभा सदस्य नरहेपनि ६ महिनासम्म पुनः मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ३ : ४२ बजे