१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग, २५ अप्रिलमा मध्यावधि चुनाव




काठमाण्डौ । श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेका छन् ।संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिलमा मध्यावधि चुनाव गराउने घोषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो । सरकारी सूचनाका अनुसार आउँदो २५ अप्रिलमा हुनेछ र १४ मे मा संसद्को पहिलो सत्र सुरु हुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ७ : २४ बजे