८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सर्वोच्चद्वारा नेपाल भित्रिने विभिन्न मुलुकका विमानमा प्रतिबन्ध



काठमाडौं ।
नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेपछि सर्वोच्च अदालतले जापान, दक्षिण कोरिया, बहराइन, इरान लगाएतका मुलुकबाट आउने विमानलाई रोक लगाएको छ ।
भाइरसको त्रास फैलिएपछि सर्वोच्चमा परेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले सो फैसला सुनाएको हो । पहिलो पटक चीनको वुहानमा भेटिएको उक्त भाइरस अहिले विश्वभर फैलिने क्रममा छ । यस अघि ४ फागुनमा नेपाल सरकारले वुहानबाट १७५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याएका थियो । चौध दिनसम्म क्वारेन्टाइनमा राखिएका उनीहरुमा भाइरसको संक्रमण नभेटिएको पुष्टि भएको छ ।

केही दिन अघि विश्व स्वास्थ्य संगठन डब्लुएचओले जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको जनाएको थियो । डब्लुएचओले कुनै पनि देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुने बताउँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ४ : ४४ बजे