८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मिर्गौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली, आजै अस्पताल भर्ना हुने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

पर्सि बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उहाँलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिनु भएको थियो । अहिले प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्नेले मिर्गौला दिने भनिए पनि नाम खुलाइएको छैन ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकैै सरकारी अस्पताल रोज्नुभएको छ । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ८ : १५ बजे