एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम वुल्भ्ससँग ३–२ ले पराजित भएको हो । पहिलो हाफमा २–१ को अग्रता लिएर पनि जोसे मोरिन्होको टोटनह्यामले जित्न सकेन ।
वेर्ग्वीज्नले १३ औँ र औरिएरले ४५ औँ मिनेटमा गोलगरेका हुन् । वुल्भ्सका लागि डोहेर्टीले २७ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा दुई गोल खाएको हो । जोटाले ५७ औँ गोल गरेर वुल्भ्सलाई बराबरीको अवस्थामा ल्याएका हुन् । ७३ औँ मिनेटमा जिमेनेजले गोल गरेपछि वुल्भ्स विजयी भयो ।
पराजित भएको टोटनह्याम २८ खेलबाट ४० अंकसहित सातौँ स्थानमा झरेको छ । जित निकालेको वुल्भ्स ४२ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकियो।
प्रतिक्रिया