मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा आइतबार जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । नगर खेल महोत्सव समापनको अन्तिम दिन मैत्रीपूर्ण खेल भएको हो ।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच भएको मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधिलाई ० का विरुद्ध ७ गोल गर्दै कर्मचारीको टिम विजयी भएको थियो । उमेरले पाका जनप्रतिनिधि युवा पुस्ताका कर्मचारीका अगाडी धेरै बेर टिक्न सकेनन् । खेलको पहिलो हाफमा नै ४ गोल खाएका जनप्रतिनिधिले खेलाडी परिवर्तन गरे पनि आफ्नो खातामा गोल जोड्न सकेनन् ।
६५ बर्षे नगरप्रमुख अधिकारी खेल सुरु भएको पहिलो हाफमा कर्मचारीका विरुद्ध साह्रै खनिए पनि दोस्रो हाफमा भने थकित मुद्रामा मैदानबाट बाहिरीए । मेयर खेलबाट बाहिरीएसंगै प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल पनि खेलबाट बाहिरीएका थिए । पहिलो हाफमा जोस्सिएका पौडेल पहिलो हाफ सकिँदा नसकिँदै जनप्रतिनिधिलाई ४ गोल बोकाउँदै खेलबाट बाहिरिएका थिए ।
१८ फाल्गुन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया