तौलिहवा ।
सरकारले पुस्तकमा लगाएको कर पेट्रोलियम पर्दाथमा गरेको मुल्य बृद्धि र सरकारमा बसैकै मन्त्रिहरुले गरेको भष्टचार विरुद्ध नेपाल विद्यार्थी संघले सडक आन्दोलन गरेको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समतिले कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा अगाडी व्यानर प्ले कार्ड सहित नाराबाजी गर्दै १ घण्टा चक्का जाम गरेको थियो ।
सरकारले गरिव जनताका छोराछोरीले अध्ययन गर्ने पुस्तकमा १० प्रतिशत कर लगाएको छ त्यसको विरुद्ध कडा आन्दोलन गर्ने नेविसंघले जनाएको छ ।
त्यस्तै पेट्रोलियम पर्दाथमा प्रति लिटर ५ रुपैंया बुद्धि गरेर गरिव जनतालाई ढाड सेक्ने काम गरेको समेत नेविसंघले आरोप लगाएको छ । विरोध सभामा बोल्दै नेवि संघका जिल्ला सभापति राकेश पाण्डेयले वर्तमान सरकार काण्डै काण्डको सरकार र जनताको खुन पसिना चुस्ने काम गर्ने मात्र गरेको हुंदा अव विद्यार्थी एक भएर आन्दोलनमा उत्रर्ने बेला आएको बताए ।
साथै पाण्डेले सरकारले गरेका गलत कार्यहरु अव जनताले सहन नसकने बताए । त्यस्तै क्षेत्रिय सभापति आनन्द कुमार चौधरीले केन्द्रिय सर्कुलर अनुसार विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा संयौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया