काठमाडौँ ।
विश्वका ५७ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा नेपाल सरकार पनि यसबारे सचेतना जगाउन तथा स्वास्थ्य उपायहरु अपनाउन बैठक गर्न थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बालुवाटारमा बसेको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा एक उच्च स्तरीय समिति बनाएको भोलिपल्ट आइतबार सिंहदरबारमा अर्को बैठक भइरहेको छ।
आइतबार दिउँसो मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा विभिन्न मन्त्रालय तथा निकायहरुका प्रतिनिधिहरुको उपस्थितिमा सिंहदरबारमा कोरोना भाइरसबारे सचेतना अपनाउन बैठक बसिरहेको छ। विदेशबाट आउने उडानहरु नियन्त्रित गर्ने र अन्तर्राष्ट्रिय सभासम्मेलनहरु रोक्नेबारे छलफलमा निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको एउटा मात्र केस देखिए पनि चीनलगायत कोरोना प्रभावित क्षेत्रबाट जहाज तथा यात्रुहरु बेरोकटोक आउनेलगायत कारणले नेपालमा कोरोना संक्रमणको उच्च जोखिम छ।
प्रतिक्रिया