बुटवल ।
कृषिजन्य उत्पादन बढाउने उद्देश्यले रुपन्देहीको सैनामैनामा कृषक पाठशाला शुरू भएको छ । कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला शुरू गरिएको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा नगरपालिकाका तीनवटा वडाका ७५ जना किसानहरुका लागि १६ हप्ते कृषि पाठशालामा सञ्चालन गरिएको हो । उनीहरुलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सिप प्रदान गरिने सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सृजना सुवेदीले जानकारी दिइन् । रुपन्देहीका १६ स्थानीय तहहरुमध्ये कृषि पाठशाला शुरु गर्नेमा सैनामैना पहिलो भएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।
१७ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया