काठमाडौं ।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध दुई विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।
यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।
सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए । सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे । अर्को बलमा खिजार हायतलाई आउट गरे । यससँगै सन्दीपले टी(ट्वान्टीमा १ सय १ विकेट पुरा गरेका छन् ।
सन्दीपले करियरको सय विकेट पुरा गर्ने क्रममा नेपालबाट १८ खेलमा ३० विकेट लिएका छन् ।
सन्दीपले बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए । सन्दीपले ५६ फ्रेन्चाइज क्रिकेटमा ७१ विकेट लिएका छन् ।
प्रतिक्रिया