७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बामदेव गौतम मन्त्री बन्न सक्नुहुन्नः सुरेन्द्र पाण्डे



चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।
संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।
संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  १२ : १६ बजे