७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा, दिल्ली सरकारले दियो अनुमति



काठमाडौं ।

अरविन्द केजरीवाल सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार केजरीवाल नेतृत्वको दिल्ली सरकारले यसको अनुमति दिएको हो ।

सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा कथित रुपमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो । यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत अन्य सात जनालाई अभियुक्त बनाएर उनीहरूमाथि देशद्रोहको मुद्दा दायर गरेको थियो ।

पुलिसले अदालतमा आरोप पत्र दायर गरेको थियो तर मुद्दा चलाउन दिल्ली सरकारको अनुमति चाहिन्छ । तर दिल्ली सरकारले अहिलेसम्म यसको अनुमति दिएको थिएन ।

केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ७ : २३ बजे