७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

आयुर्वेद स्वास्थ्यकर्मी समाज कपिलवस्तुको अध्यक्षमा गौतम



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कपिलवस्तुको अध्यक्षमा मोहन गौतम चयन हुनुभएको छ । आज भएको समाजको पाचौं अधिवेशनबाट अधिकृत बैद्य रहनुभएका गौतम अध्यक्षमा चयन हुनुभएको हो । समाजको उपाध्यक्षमा तेज बहादुर सोमै, रेखा शुक्ला, सचिवमा शोभाखर पाध्या, कोषाध्यक्षमा सुरेन्द्र पाण्डे, सदस्यहरुमा शोभाखर त्रिपाठी र शान्ता पोख्रेल चयन हुनुभएको निवर्तमान जिल्ला अध्यक्ष दिपक पन्थीले जानकारी दिनुभयो ।
जिल्ला आयुर्वेद अस्पतालका डा. विजय भुर्तेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रदेश संयोजक प्रादेशिक आयुर्वेद अस्पतालका अधिकृत विष्णुहरि आचार्य, नेपाल औषधि व्यवसायी संघ कपिलवस्तुका कोषाध्यक्ष मतिराज घिमिरे लगायतको आतिथ्यता रहेको बताइएको छ ।
जिल्ला अध्यक्ष दिपक पन्थीको अध्यक्षतामा भएको अधिवेशनबाट जिल्लामा ७ सदस्यिय समिति गठन भएको हो । समाजमा जिल्ला भित्रका आयुर्वेदिक उपचार सम्बन्धि स्वास्थ्यकर्मीको आवद्धता रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : ५२ बजे