८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अझै भएन कांग्रेसको संरचना समायोजन



काठमाडौं ।
नेपाली कांग्रेसले तेस्रोपटक थप गरेको समयावधि सकिदा पनि पार्टीको अन्तरिम संरचना समायोजनको कामले पूर्णता पाउन सकेको छैन । कांग्रेसले फागुन १५ भित्र पार्टीको अन्तरिम संरचना समायोजन सक्ने गरी तेस्रोपटक थप गरेको अवधिमा ५२ जिल्लामा मात्रै समायोजनको काम सम्पन्न भएको छ ।

यसअघि फागुन ८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी पदाधिकारीसहित बसेको केन्द्रीय निर्वाचन समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का र समितिका संयोजन राधेश्याम अधिकारीले ३० जिल्लामा समायोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जानकारी गराएका थिए ।

बैठकले फागुन १५ भित्र बाँकी जिल्लालाई समायोजन प्रक्रिया पूर्ण बनाउन अपिल गरे पनि समायोजनले पूर्णता पाउन सकेन । निर्वाचन समिति संयोजक अधिकारीले जिल्ला सभापतिहरू सक्रिय नभएकाले पार्टीका संरचना गठनमा ढिलाइ भएको बताएका छन् ।

कांग्रेसले समायोजन प्रक्रिया सम्पन्न गरेका जिल्लाहरूमा शुक्रबारबाट क्रियाशील सदस्यता वितरणको काम सुरु गर्ने भएको छ । गत माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शुक्रबारदेखि क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : ११ बजे