८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गणतान्त्रिक सरकारले फसाउन खोजेको थियो, त्यसलाई जितेर आएः महरा



दाङ ।
पूर्वसभामुख कृष्णबहादुर महराले वार्ता र मिहिनत गरेर ल्याएको संघीय गणतान्त्रिक सरकारले आफूलाई भूमरीमा फसाउन खोजेता पनि त्यसलाई जितेर आएको बताएका छन् । ‘मलाई अहिलेको सरकारले संक्रमण ढंगले भूमरीमा फसाएको भएता पनि म भूमरीबाट निस्किएँ’ बिहीबार पश्चिम दाङको हापुरेमा रहेको वार्ता भवनको अवलोकनपछि संक्षिप्त कुरा गर्दै महराले भने, ‘मैले जितेँ, त्यो जित मेरो नभई जनताको माया, ममता, शुभेच्छा, सद्भाव र समर्थनले गर्दा सफलता मिलेको हो।’ पूर्वसभामुख महराले २०६० साल साउन ३२ गतेदेखि भाद्र ५ हापुरेमा तत्कालीन माओवादीका तर्फबाट आफू र अर्का नेता डा। बाबुराम भट्टराई वार्ताको लागि आएको स्मरण गरे। उनले वार्ताका क्रममा दोरम्भामा घटना भएपछि वार्ता सफल नभएको समेत बताए।

त्यो घटनापछि आफू भूमिगत भएको र १८ वर्षपछि शान्तिवार्ता भएको भवनको अवलोन गर्दा खुशी लागेको बताए । उनले शान्तिवार्ता भएको भवनमा आउँदा त्यसबेलाको बेलाका घटनाहरूको याद आएको समेत उनले बताए । उनले उक्त भवन ऐतिहासिक भएको समेत बताए । महराले जनताको संघर्षले ल्याएको नयाँ संविधान, लोकतान्त्रिक गणतन्त्रण अहिले खतरामा पर्न खोजेको जस्तो अनुभूति आफूलाई भइरहेको बताए । जनताले संघर्ष गरी ल्याएको परिवर्तन खतरामा छ, त्यसको रक्षाको लागि म दृढतापूवर्क लागी पर्ने छु’ उनले भने । उनले राष्ट्रिय स्वाधिनता वा जनताको जनजीविकाको सवालमा सधैँ जतनाको साथमा रहेको र कहिले साथ नछोड्नेसमेत बताए ।’

महरालाई दाङको तुलसीपुर, विजौरी, श्रीगाउँ, खैरेनीमा नागरिकले र बबई गाउँपालिकाले समेत स्वागत एवं सम्मान गरेको थियो । सो क्रममा महराले आफूलाई बिर्सेको भए सम्झनास्वरूप आफू भेटघाटको क्रममा यहाँसम्म आइपुगेको बताए । उनले जनताको माया, समर्थन, विश्वास र सद्भावका कारण आफूले जीत हासिल गरेको बताउँदै आफू सधैँ जनताको माझ रहेको समेत बताए । सो क्रममा मतदाताले पनि पश्चिम दाङका जनतालाई नभुल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : ०८ बजे