दाङ ।
लमही नगरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । बिहीबार बिहान १० बजेपछि वडा अध्यक्ष तथा कार्यपालिका सस्दयहरूले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् ।
ताला लगाउन सत्तासिन दल नेकपा र नेपाली काँग्रेसका वडा अध्यक्ष लगभग सबै गएका थिए । लमहीमा ९ वडामध्य वडा नं. ५ का वडा अध्यक्ष तथा नगरका प्रवक्ताबाहेक अन्य सबै वडाअध्यक्षहरु तालाबन्दी गर्न गएका हुन् ।
लमही नगरमा चारवटा वडा र उपमेयर नेपाली काँग्रेसले जितेको छ । उपमेयर भने तालाबन्दी कार्यक्रममा सहभागी भइनन् । वडा अध्यक्षहरूले नगरपालिकाको गेटमा लगाएको ताला केही बेरमै प्रहरीले तोडेको थियो । अहिले पनि नगरपालिकामा प्रहरीले धर्ना दिइरहेको छ । वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरूवाको माग गर्दै तालाबन्दी गरेका हुन् ।
१५ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया