मायादेवी अनलाइन, बुद्धभूमि ।
ए वान मिडिया सेन्टर कपिलवस्तुले विगत दुई बर्ष देखि सञ्चालन गर्दै आएको ए वान क्वीजको ‘सिजन थ्री’ सुरु भएको छ । कपिलवस्तुका ६ नगरपालिकामा सञ्चालन हुने अन्तर मावि स्तरीय जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगीता बुद्धभूमि नगरपालिकाबाट सुरुवात भएको हो ।
प्रतियोगीताको नगर प्रमुख केशव कुमार श्रेष्ठले विहीबार सिद्धार्थ स्मारक भेलाईमा उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले विद्यार्थीको लागि जिल्लास्तरमा सञ्चालन हुँदै आएको यो हाजिरीजवाफ प्रतियोगीता महत्वपूर्ण रहेको बताउनुभयो । उत्कृष्ट विद्यार्थीलाई निशुल्क छात्रबृत्ती सहितका अवसर रहेको भन्दै विद्यार्थीलाई निकै मेहनत गरी उपाधि जित्न आग्रह गर्नुभयो । प्रतियोगीताले विद्यार्थीमा राम्रोसंग पढ्नुपर्छ भन्ने भावनाको विकास गराएको भन्दै यो प्रतियोगीताको निरन्तरताको उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
नगरपालिका भरी रहेका मावि स्तरका सरकारी तथा नीजि विद्यालयका प्रतियोगी सहभागी भएको प्रतियोगीतामा इमिलियामा अवस्थित आदर्श इंग्लिस बोर्डिङ स्कूल प्रथम भएको छ । यस्तै प्रतियोगीतामा गोरुसिंगेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कूल द्धितीय भएको छ भने भेलाईमा अवस्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगीतामा प्रथम र दृतीय स्थान आउने आर्दश र सोसियल जिल्लास्तरका लागि छनोट भएका छन् । यी दुई विद्यालयका प्रतियोगीले अन्य ५ नगरपालिका भित्रका प्रतियोगीसंग जिल्ला स्तरीय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नगरपालिकामा प्रथम, दृतीय र तृतीय स्थानमा आउन सफल विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रति विद्यालयबाट एक छात्रा अनिवार्य सहित तीन जना सहभागी हुने नियम छ ।
विद्यार्थीको अन्तरनिहित प्रतिभालाई हाजिरीजवाफको माध्यमबाट उजागर गरी ९ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा निशुल्क छात्रवृत्ती दिने उद्धेश्यले प्रतियोगीता आयोजना गरेको ए वान मिडिया सेन्टरले जनाएको छ ।
जिल्लाभित्र रहेका ६ नगरपालिका भित्र छनोट चरण सम्पन्न गरी प्रथम र द्धितीय स्थानमा आउने प्रतियोगी बीच फाइनल उपाधिका लागि प्रतिस्पर्धा हुने बताइएको छ । जसमा प्रथम, द्धितीय र तृतीय स्थान आउन सफल प्रतियोगीले बुटवलका न्यू होराइन मावि, एभरेष्ट मावि र कपिलवस्तुको बनगाईमा अवस्थित पारिजात माविमा कक्षा ११ र १२ निशुल्क पढ्न पाउनेछन् भने आकर्षण गिफ्ट सहित नगद पुरस्कारको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ ।
नगरस्तरीय कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत, नगर कार्यपालिका सदस्य कमला चौधरी, सिद्धार्थ स्मारक भेलाईका प्राचार्य डिलाराम भुसाल, आर्दश इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल कृष्ण प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
१५ फाल्गुन २०७६ बिहिबार ००:००
2
Shares
प्रतिक्रिया