८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेकपालाई विभाजनको दिशामा जान दिन्नँः वरिष्ठ नेता नेपाल



काठमाडौं ।
नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका छन् ।

बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गरे ।

‘तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ । पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला’ नेपालले भने ‘यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ ।’

पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताए । राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि नेकपामा चरम विवाद देखिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन् ।

यही कारण नेकपा विभाजित हुन सक्ने आशंका बढेका बेला नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ५ : ३१ बजे