२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024

प्रतिवन्धित सिटीको च्याम्पियन्स लिगमा शानदार जित, रियल २–१ ले पराजित



एजेन्सी ।
आउँदो दुई सिजनका युरोपियन प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी युरोपियन फुटबलको प्रशासकीय निकायले प्रतिबन्ध लगाएको इंग्लिस क्लब म्यानचेस्टर सिटीले यो सिजनमा भने राम्रो प्रदर्शन जारी राखेको छ ।च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्पेनिस जाइन्ट रियल मड्रिडलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित रहेको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । ६० औँ मिनेटमा इस्कोको गोलबाट लिएको अग्रता रियल मड्रिडले जोगाउन सकेन ।७८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिससले बराबरी गोल फर्काए । ८३ औँ मिनेटमा सिटीले पेनाल्टी पायो । सो पेनाल्टीमा केविन डी ब्रुयेनाले गोल गरे र टिमलाई २–१ को जित दिलाए ।

८६ औँ मिनेटमा सर्जिओ रामोस सीधै पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही मिनेट रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो मार्च १७ मा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : ०९ बजे