२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024

रुपन्देहीका एक वडाध्यक्ष ७० हजार घूससहित पक्राउ



भैरहवा ।
रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रबण कुमार यादव ७० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका छन् । चार किल्ला सिफारिस गर्न सेवाग्राहीसंग घूस लिँदै गरेको अवस्थामा उनलाई अख्तितयार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।

अख्तियारका बुटवल शाखाका प्रवक्ता सुरेश भुसालले चार किल्ला सिफारिस गर्न अध्यक्ष यादवले ७० हजार मागेको जानकारी सेवाग्राहीले गराएपछि खटिएको टोलीले घूस लिँदै गर्दा नियन्त्रणमा लिएको बताए ।

यादव अहिले अख्तियारको नियन्त्रणमा रहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भुसालले बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  १० : १७ बजे