८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल छाड्दै नेपाली कांग्रेसकी नेतृ सुजाता



काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छिन् ।

आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधन पश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् ।

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन् । त्यसका निम्ति सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन् । बेलायतले सामान्यतया नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ ।

प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकी छिन् ।

(घटना र विचार साप्ताहिकबाट)

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ९ : २६ बजे