८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्थमन्त्री युवराज खतिवडा सरकारको प्रवक्ता



काठमाडौँ ।

सरकारले सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडालाई तोकेको छ । मन्त्रिपरिषद्‌ बैठकले सरकारको प्रवक्तामा खतिवडालाई तोक्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको प्रवक्ता पद खालि छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको राजीनामापछि सञ्चारमन्त्रीमा अर्थमन्त्री खतिवडालाई नै जिम्मेवारी दिएका थिए ।

अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा कार्यकाल फागुन २० मा सकिँदै छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ०३ बजे