कास्की ।
पोखराको मौसम बिग्रिएपछि त्यहाँ जारी प्याराग्लाइडिङको विश्वकप प्रतियोगिता रद्द भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर– २०२०’ अन्तर्गत आइतबारदेखि सञ्चालन भएको छनोट खेल मौसम प्रतिकूलताका कारण आज पनि रद्द भएको हो ।
पोखराको मौसममा खराबी आएपछि ‘टास्क’का लागि सराङकोट पुगेका प्रतियोगीहरू फिर्ता भएको कम्पिटिसन डाइरेक्टर बिमल अधिकारीले बताउनुभयो । आयोजकले २० देशका ९२ जना प्रतियोगी पाइलटलाई आज प्रतियोगिता नहुने भएपछि पोखराका विभिन्न ठाउँमा भ्रमण गराउने भएको छ ।
१४ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया