स्याङ्जा ।
कालीगण्डकी गाउँपालिका मिर्मीको कालीगण्डकी तालमा जलयात्रामा रमाउनेको संख्या बढ्दै जान थालेको छ ।
नेपाल भ्रमण वर्षको सुरुवात भएसँगै मिर्मी आँधि मुहानदेखि सेतीबेनीसम्मको करिब सात किलो मिटरको जलयात्रा गर्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ ।
तालमा डुंगा सयर गर्दै मनोरम दृश्य, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीको मज्जा लिन आन्तरिक पर्यटकको चाप बढ्न थालेको बताइएको छ ।
तालमा डुंगा सयर गर्न दैनिक सयौं जना पुग्ने गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया