८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो



एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।

यस्तै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् । उनले मृत्यु हुनेको संख्या १३ पुगेको र सोमबार ८१ जना र मंगलबार ६९ जना घाइतेहरु उपचारका लागि अस्पतालमा भर्ना भएको जानकारी दिए ।

घाइतेमध्ये करिब ४० जना उपचारपछि घर फर्किएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

उत्तरपूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ । रेलस्टेशन नजिकै प्रदर्शन गरिरहेकाहरुमा महिलाको संख्या बढी थियो । जाफराबादमा महिलाहरुले केही दिनदेखि सीएएविरुद्ध आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  १० : ४४ बजे